तल-तल लाग्दा त्यसको सामना कसरी गर्ने
From Audiopedia - Accessible Learning for All
कुनै व्यक्तिलाई रक्सी वा लागू पदार्थको सेवन गर्ने लत लाग्छ अनि केही समयपछि सेवन गर्न छाड्छ भने तिनलाई तल-तल लाग्ने हुन्छ। यस्तो समयमा तिनको शरीरले नसालू पदार्थविना बस्ने बानी बसाल्नु पर्ने हुन्छ।
रक्सी पिउन छाड्दा लगभग ३ दिनसम्म फेरि पिउने तल-तल लागिरहन्छ र त्यसपछि यस्तो तल-तल हट्छ। थुप्रै मानिसहरू कुनै समस्याविना यी दिनहरू पार गर्न सक्छन्। तर कसै-कसैमा भने गम्भीर लक्षणहरू देखापर्ने हुन्छ। त्यसैले यस्तो बेला तिनको ख्याल राख्ने र आवश्यक परेमा मदत दिने कोही साथमा हुनुपर्छ।