थोपा सिंचाइ प्रणालीमा प्रयोग गरिएका सामाग्रीको रेखदेख कसरी गर्न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

थोपा सिंचाइ प्रणालीले राम्ररी काम गर्नको लागि विरूवाले राम्ररी पानी पाउँदै छ कि छैन भनेर पक्का गर्न किसानले हरबखत यस प्रणालीको राम्रो रेखदेख गर्नु आवश्यक हुन्छ। यस प्रणालीले राम्ररी काम गरिरहनको लागि यसको रेखदेख गर्न यहाँ दिइएका केही उपायहरूले मदत गर्न सक्छ:

  • सधैं सफा पानीको प्रयोग गर्नुहोस्।
  • खेतमा काम गर्दा पानीको पाइप र थोपा निसक्ने पाइपहरूमा असर पर्न नदिन होसियारीसाथ काम गर्नुहोस्।
  • पाइपलाई धमिराले बिगारेको छ कि, लोखर्केले बिगारेको छ कि वा पानी निस्कने ठाउँमा जाम छ कि र कतै पानी चुहिंदै छ कि भनेर बेला-बेलामा जाँच गर्नुपर्छ।
  • फिल्टरलाई नियमित रूपमा सफा गर्नुपर्छ।
  • सिंचाइ प्रणाली प्रयोगमा छैन भने यसलाई बिग्रन नदिन राम्ररी राखिएको छ कि छैन पक्का गर्नुहोस्।
  • बिरूवाको बीच-बीचमा गीली घास (घास जस्तै सुख्खा सामाग्री) प्रयोग गर्नुहोस्, यसो गर्दा बाफ बनेर पानी खेर जान पाउँदैन र सामा अर्थात झार उम्रिन पनि पाउँदैन।
Sources