धुवाँ कम गर्न मैले कसरी खाना तातो बनाइराख्‍ने कुकर हेबक्स तयार गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

इन्धनको बचत गर्न, खाना तातो बनाइराख्‍न वा केही समय उम्लिरहन दिन खानालाई चुल्होबाट निकालेर हेबक्समा अर्थात खाना तातो बनाइराख्‍ने कुकरमा राख्‍नुहोस्। यस्तो कुकरमा सिमी, मासु, भात वा गेडागुडीहरू राख्दा आधा भन्दा धेरै इन्धनको बचत हुन्छ। भात र गेडागुडी पकाउँदा पानी बाफ बनेर त्यति नजाने भएकोले यी कुराहरू पकाउँदा निकै कम १/३ मात्रामा पानीको प्रयोग हुन्छ।

कार्टुन बाकसको जस्तो बाक्लो कागजको गत्ता राखेर त्यसमा ४ इन्च ग्याप बनाएर त्यस ग्यापमा नरम बस्तुहरू (वा पराल, काठको धुलो, पुरानो कपडा, भुत्ला वा प्वाँख, भुस, कपास, उन, स्टाइरोफोम अर्थात सामान फुट्न नदिन राखिने एक प्रकारको फोम वा बाक्लो नरम गत्ता) राखेर भर्नुहोस् र हेबक्स अर्थात खाना तातो बनाइराख्‍ने कुकर बनाउनुहोस्। बक्सको भित्र पकाउने भाँडो अट्ने खाली ठाउँ छोड्नुहोस र भाँडोको माथिपट्टीबाट तातो बनाइराख्‍नेगरी (इन्सुलेसन्) बनाउनुहोस्। बक्सको ढक्कन कसिलो गरी बन्द गर्न मिल्ने हुनु पर्छ।

हेबक्स अर्थात खाना तातो बनाइ राख्‍ने कुकर प्रयोग गर्दा यी कुराहरू याद गर्नुहोस:

  • हेबक्समा खाना पाक्न, आगोमा पाक्न भन्दा डेढ् देखि ३ गुणा बढी समय लाग्छ।
  • सिमी र मासुलाई हेबक्समा राख्‍नु भन्दा अगाडि १५ देखि ३० मिनेटसम्म चुल्होमा उम्लिन दिनु पर्छ। खानालाई २ देखि ४ घण्टापछि फेरी तताउनु पर्छ।
  • फेरी खानु भन्दा अघि, तताउने भाँडो र मासु उमालेको भाँडोलाई छोपेर राख्‍नु पर्छ। यसो गर्दा जिवाणुहरूले खानालाई संक्रमित बनाउन अर्थात बिगार्न पाउँदैन।

हेबक्स कुकरलाई बलिरहेको आगोको ज्वालाबाट टाढै राख्‍नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030107