निलो नसा सुन्निन नदिन के गर्न सकिन्छ भेरिकोज भेनस्
From Audiopedia
खुट्टा र योनीको वरपर सुन्निएको निलो नसालाई भेरिकोज भेनस् भनिन्छ। गर्भमा बढ्दै गरेको शिशुको तौलले गर्दा यसो हुने गर्छ। यी नसाहरू धेरै ठूलो हुनुका साथै दुखाइ महसुस हुन सक्छ।
यसो हुन नदिन के गर्न सकिन्छ:
हिंड्नुहोस् वा पैंताला र खुट्टा चलाउनुहोस्। बस्दा जति सक्दो खुट्टा माथि राख्ने गर्नुहोस्।
परिवारमध्ये कसैलाई तपाईंको खुट्टा चलाइदिन आग्रह गर्नुहोस्।
गर्नुहोस् र घुँडाको तलसम्म बेर्नुहोस्। गोलीगाँठोमा कसेर बेर्नुपर्छ भने माथि बेर्दै जाँदा हल्कासित बेर्दै लानुपर्छ। राती बेरेको कपडा निकाल्ने गर्नुपर्छ।