परिवार नियोजनका अरू फाइदाहरू के-के हुन्
From Audiopedia
जीवन बचाउनुका साथै परिवार नियोजनका अरू फाइदाहरू पनि छन्:
परिवार नियोजन गर्दा तपाईं र तपाईंको जोडीले, यौन सम्बन्धको आनन्द उठाउन सक्नुहुन्छ। किनभने नचाहँदा-नचाहँदै गर्भधारण हुन्छ कि भनेर तपाईंलाई डर लाग्ने छैन। साथै परिवार नियोजनका कुनै-कुनै विधिहरू स्वास्थलाई फाइदा पुर्याउने खालका हुन्छन्। उदाहरणको लागि कन्डम वा शुक्रकिट मार्ने क्रिमको प्रयोग गर्दा एच.आइ.भि र अरु यौनजन्य रोगहरू फैलिनबाट जोगिन सकिन्छ। हर्मोन विधिहरू अपनाउँदा महिनावारीको बेला अनुभव गर्ने अनियमित रक्तश्राव र दुखाई कम गर्न महिलाहरूले मदत पाउन सक्छन्।
यस भागमा उल्लेख गरिएका परिवार नियोजनका सबै विधिहरू लाखौं महिलाहरूले सुरक्षित तरिकामा प्रयोग गरिरहेका छन्। वास्तवमा यी विधिहरू गर्भधारण गर्नु र बच्चा जन्माउनुभन्दा पनि सुरक्षित छन्।