तपाईंले परिवार नियोजन गर्ने निर्णय गर्नुभयो भने कस्तो विधि अपनाउने भनेर पनि निर्णय गर्नुपर्छ। सही निर्णय गर्न के-कस्ता विधिहरू छन् भनेर पहिला थाह पाउनुपर्छ र त्यसका फाइदा र हानीबारे पनि थाह पाउनुपर्छ।
परिवार नियोजनका मुख्य ५ विधिहरू छन्:
छेक्ने विधि, जसले शुक्रकिटलाई अण्डासम्म पुग्न दिंदैन र गर्भधारण हुँदैन।
हर्मोन विधि, जसको प्रयोगले गर्दा महिलाको अण्डाशयले अण्डा बनाउँदैन, शुक्रकिटलाई अण्डासम्म पुग्न कठिन बनाउँछ र पाठेघरभित्रको तह कायम गरेर गर्भधारण हुन दिंदैन।
शरीरभित्र राखिने सामग्री (इन्ट्रा युटेनरी डिभाइस), जसले शुक्रकिटलाई महिलाको अण्डामा प्रवेश गर्न दिंदैन।
प्राकृतिक विधि, जसले महिलाको शरीरले अण्डा कहिले बनाउँछ भनेर थाह दिन्छ, यतिबेला यौन सम्बन्ध नराख्दा गर्भधारण हुँदैन।
स्थायी विधि, यो विधिमा महिला वा पुरुषको शल्यक्रिया गरेर बच्चा पाउन असम्भव नै बनाइन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.