परिवार नियोजनको परम्परागत विधि र घरेलु विधिबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

हरेक समुदायमा गर्भधारण रोकथाम गर्ने परम्परागत तरिकाहरू हुन्छन्। यस्ता थुप्रै विधि अपनाउँदा बुबाआमाले बच्चाहरूको सङ्ख्या कम गर्न त सक्छन्, तर यस्ता विधिहरू आधुनिक विधिहरूभन्दा कम प्रभावकारी हुन्छन्। कुनै-कुनै परम्परागत विधिले भने कामै गर्दैन र कुनै-कुनै त हानिकारक पनि हुन सक्छ।

प्रभावकारी परम्परागत विधिहरू:

  • लिङ्ग बाहिर निकाल्ने वा तान्‍ने (वीर्य निस्कनुअघि योनीबाट लिङ्ग निकाल्ने)
  • शिशुको जन्म भएपछि छुट्‍टा-छुट्‍टै बस्‍ने
  • लिङ्ग योनीमा प्रवेश नगरी यौन सम्बन्ध राख्‍ने
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020513