रालको प्रयोग हुने र दिन गन्ने तरिका निम्न अवस्थामा प्रभावकारी हुँदैन:
कहिले यौन सम्बन्ध राख्ने भन्नेबारे तपाईंको कुनै नियन्त्रण हुँदैन भने। तपाईंको प्रजनन हुने दिनमा तपाईंको जोडी कुर्न इच्छुक हुनुपर्छ र यौन सम्बन्ध राख्नु हुँदैन वा कन्डम प्रयोग गर्नुपर्छ वा अरू नै कुनै छेक्ने तरिका अपनाउनुपर्छ।
हरेक महिना तपाईंको प्रजनन भएको संकेत परिवर्तन हुन्छ भने। तपाईंको अण्डा कहिले बन्यो भनेर तपाईंलाई थाह नहुन सक्छ।
तपाईंको भर्खरै शिशु जन्मेको छ वा बच्चा तुहेको छ भने। यस्तो अवस्थामा तपाईको प्रजननबारे थाह पाउन गाह्रो हुन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.