पर्याप्त मात्रामा फोलिक एसिड फोलेट लिंदै छु भनेर म कसरी पक्का हुन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

स्वस्थ रातो रक्तकोष बनाउन शरीरलाई फोलिक एसिड चाहिन्छ। फोलिक एसिडको कमी भयो भने महिलाहरूलाई एनेमिया अर्थात् रातो रक्तकोषको कमी र नवजात शिशुमा गम्भीर समस्याहरू देखा पर्न सक्छ। त्यसैले विशेषगरि गर्भावस्थामा पर्याप्त मात्रामा फोलिक एसिड प्राप्त गर्नु धेरै महत्त्वपूर्ण छ।

फोलिक एसिडका राम्रो स्रोतहरू:

  • गाढा हरियो सागपात
  • च्याउ
  • कलेजो
  • मासु
  • माछा
  • काष्‍ठफल
  • केराउ र गेडागुडी
  • अण्डा

खानेकुरा लामो समयसम्म नपकाउनुहोस्। यसो गर्दा त्यसमा भएका फोलिक एसिड र अरू भिटामिनहरू नष्‍ट हुन्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010407