हेमोरोइड अर्थात् पाइल्स् हुँदा मलद्वारको वरपरका नसाहरू सुन्निएको हुन्छ। त्यो ठाउँमा चिलाउने, पोल्ने वा रगत बग्ने हुन्छ। कब्जियतले यस अवस्थालाई झनै नराम्रो बनाउँछ।
यसो हुन नदिन के गर्न सकिन्छ?
चिसो पानी भएको वाटामा बस्नुहोस्, यसो गर्दा दुखाई कम हुन्छ।
कब्जियत कम गर्न माथि दिइएका सुझाबहरू अपनाउनुहोस्।
उपलब्ध छ भने विच हेजेलमा (जडीबुटीको झोल) सफा कपडा भिजाउनुहोस् र
दुखेको ठाउँमा राख्नुहोस्।
नितम्भ हावामा हुने गरि घुँडा टेक्नुहोस्। यसो गर्दा दुखाई कम हुन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.