पोषणयुक्त खानेकुरा किन मेरो स्वास्थ्यको लागि महत्त्वपूर्ण छ
From Audiopedia - Accessible Learning for All
मानिसहरूले स्वस्थकर खानेकुरा पर्याप्त मात्रामा खाँदा तिनीहरू थुप्रै रोगबिमार लाग्नबाट जोगिन सक्छन्। महिलाहरूलाई हरेक दिन काम गर्न, रोगबिमारबाट जोगिन र सुरक्षित अनि स्वस्थ तरिकामा बच्चा जन्माउन राम्रो खानेकुरा चाहिन्छ। तैपनि संसारभरि थुप्रै महिलाहरू अरू स्वास्थ्य समस्याको भन्दा पनि कुपोषणको शिकार भएका छन्। यसले गर्दा महिलाहरूलाई अत्याधिक थकान र कमजोर हुनुका साथै असक्तता र सामान्य स्वास्थ्य समस्याहरू पनि हुने गर्छ।