बलात्कारको शिकार भएपछि यौन सम्बन्धबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia
Jump to: navigation, search

बलात्कारको शिकार भएपछि पनि तपाईंले सदा जस्तै यौन सम्बन्ध राख्‍न सक्नुहुन्छ। तर यौन अङ्‍ग नदुख्‍ने र च्यातिएको ठाउँ निको भइसकेको हुनुपर्छ। धेरैजसो महिलाले यौन सम्बन्ध राख्दा आफूलाई पहिला बलात्कार भएको कुराको याद आउन सक्छ । यदि यस्तो भएमा आफ्नो जोडीसित कुरा गर्नुहोस् र केही समय किन पर्खन चाहनुहुन्छ भनेर बताउनुहोस्।

कहिलेकाहीं बलात्कारको शिकार भएका महिलालाई तिनको जोडीले अस्विकार गर्न सक्छन्। तिनले लाज महसुस गर्न सक्छन् र तिनीसित रिसाएको जस्तो गर्न सक्छन्। उसै पनि गाह्रो अवस्था सामना गरिरहेका महिलालाई यस्तो कुरा सामना गर्न निकै गाह्रो हुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020320