बोइफ्रेन्ड अर्थात् केटा साथी र यौन बारे मैले के थाह पाउनुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

उमेर बढ्दै गएपछि थुप्रै किशीरीहरूको प्रेम गर्ने वा यौन सम्बन्ध राख्‍ने इच्छा पनि बढ्दै जान्छ। कसैलाई यौन स्पर्श गर्न मन लाग्‍नु वा आफूलाई त्यस्तै गरेको चाहना हुनु कुनै अनौठो होइन। (किशोरीहरूले अरू किशोरीहरूप्रति वा महिलाहरूप्रति पनि यसरी सोच्‍न सक्छन्।) तर अक्सर यस्तो व्यवहार गर्नुअघि तिनीहरूमा, पहिले इच्छाहरू जाग्दछन्।

आफू तयार नभएसम्म र आफूलाई खतराबाट कसरी जोगाउने भनेर थाह नभएसम्म यौन सम्बन्ध नराख्नुहोस्। दुई जना व्यक्तिको लागि यौन सम्बन्ध रमाइलो हुन सक्छ, तर डर वा लाज मुछिएको छ भने यस्तो हुँदैन।

किशोरीले यौन सम्बन्ध राख्‍ने विभिन्‍न कारणहरू हुन सक्छन्। केही किशोरीहरूले बच्चा पाउन चाहेकोले यौन सम्बन्ध राख्छन्। अरू केहीले भने राम्रो महसुस गर्नको लागि वा चाहना भएकोले यौन सम्बन्ध राख्छन्। केही महिलाहरू चाहिं विवाहित भएकोले वा आफू कसैको जोडी भएकोले यौन सम्बन्ध राख्नुपर्ने कर्तव्य ठान्छन् र तिनीहरूसित अरू विकल्प नै छैन भन्‍ने सोचाई रख्छन्। कोही भने आफ्नो र आफ्नो बच्चाको गर्जो टार्न यौन सम्बन्ध राखेर पैसा कमाउँछन् र गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्छन्।

अरू कतिपयले भने यौन सम्बन्ध राखेपछि धेरै माया पाइन्छ कि भनेर सोच्छन्। कहिलेकाहीं साथी वा बोइफ्रेन्डले तपाईं तयार नभएको बेलामा नै यौन सम्बन्ध राख्नुपर्छ भन्‍ने जस्तो महसुस गराउन सक्छ।

यदि तिनी यौन सम्बन्ध राख्‍न चाहँदैनिन् भने कसैले पनि तिनलाई जबरजस्ती गर्न मिल्दैन। तपाईं तयार हुनुहुन्छ भनेर निर्णय (निश्‍चित) गरेपछि मात्र यौन सम्बन्ध राख्नुहोस्। दुवै जोडीले यौनको आनन्द उठाउन सक्छन्। तर डर, लाज र खराब नतिजा भोग्‍नुपर्छ भने यसको आनन्द उठाउन गाह्रो हुन्छ।

तपाईं यौन सम्बन्ध राख्‍न तयार हुनुहुन्छ भने आफूलाई सधैं गर्भधारण हुनबाट र यौन रोग लाग्‍नबाट जोगाउने कदम चाल्‍नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020809