महिला हिंसा किन एउटा ठूलो समस्या हो
हरेक दिन महिलाहरूलाई तिनीहरूको जोडिले झापड हान्ने, लात्ताले हिर्काउने, कुट्ने, ब्यज्जती गर्ने, तर्साउने, यौन दुर्व्यवहार गर्ने र मार्ने समेत गर्छन्। तर हामीले यस्ता प्रकारका हिंसाबारे खासै सुन्दैनौ किनकि आफूलाई लाज वा एक्लो महसुस भएकोले दुर्व्यवहारको शिकार भएका महिलाहरूले यसबारे अरुलाई बताउन डर मान्छन्। थुप्रै डाक्टरहरू, नर्सहरू र स्वास्थ्यकर्मीहरूलाई महिलाहरूले भोगेका दुर्व्यवहारको कारणले भएको, गम्भीर स्वास्थ्य समस्याबारे थाहै हुँदैन।
यस पाठअर्थात अध्यायले महिला र युवतीहरूले भोग्ने फरक-फरक प्रकारका हिंसाबारे बताउँछ। यस जानकारीले, हिंसा किन हुन्छ, हिंसा भइहालेमा के गर्ने र समाजलाई परिवर्तन गर्न के गर्न सकिन्छ भन्ने विषयमा बुझ्न मदत दिन्छ।
यस पाठले महिला परुष बीच हुने हुने हिंसाबारे बताउँछ। हिंसा कुनै पनि नजिकको सम्बन्ध भएका व्यक्तिहरू बीच हुन सक्छ: उदाहरणको लागि, सासु-बुहारी बीच, अभिभावक र बच्चाहरू बीच, ठूला र साना बच्चाहरू बीच, परिवारका सदस्यहरू बीच, एउटै घरमा सँगै बस्ने उमेर पाकेका व्यक्तिहरूसँग (बुढाबुढीहरूसँग) र एउटै लिंग भएका अर्थात समलिंगी जोडीहरू बीच (पुरुष-पुरुष र महिला-महिला) पनि हिंसा हुन सक्छ।