माया गरेको व्यक्तिले आत्महत्या गरेपछि आफूलाई किन दोष दिनु हुँदैन
आफूले माया गर्ने व्यक्तिले आत्महत्या गर्दा हुने गहिरो पीडाले थुप्रै प्रश्न र शङ्काहरू उब्जिन सक्छ।
यो कुरामा विश्वस्त हुनुहोस् कि तपाईं दोषी हुनुहुन्न। नबिर्सनुहोस् तपाईंको कुनै गल्ती छैन। यो तपाईंले माया गरेको व्यक्तिले गरेको निर्णय हो तपाईंले होइन।
आफ्नो मनसाय गलत छ भने मात्र आफूलाई दोष दिन मिल्छ। आफूले माया गरेको व्यक्तिले आत्महत्या गर्दै छ भनेर पहिल्यै थाह पाएको भए तिनलाई बचाउन तपाईंले आफ्नो तर्फबाट सक्दो गर्नुहुन्नथ्यो र?
त्यस समयमा आफूलाई थाह भएको कुराअनुसार तपाईंले सक्दो गर्नुभयो भनेर स्विकार्नुहोस्। बिगतमा तपाईं चुक्नुभयो होला र तिनीहरूको चिन्तालाई गम्भीरताका साथ लिनुभएन होला, तर मानिसले गल्ती गर्छ भनेर बुझ्नुहोस्। तपाईं पनि मानिस हुनुहुन्छ। तपाईंले जानाजानी गरेको होइन।
महत्त्वपूर्ण: यदि तपाईंमा पनि शोक वा दोषी भावनाले गर्दा आत्महत्या गर्ने इच्छा आयो भने यस्तो समयमा प्राय सबैले त्यस्तै अनुभव गर्छन् र यो स्वाभाविक कुरा हो भनेर बुझ्नुहोस्। यदि आत्महत्या गर्ने विचार आयो भने तुरून्तै विशेषज्ञको मदत लिनुहोस्।