माया गरेको व्यक्तिले आत्महत्या गरेपछि किन अरूसित कुराकानी गर्नुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

अरूसित कुराकानी गर्दा तपाईंले मदत पाउन सक्नुहुन्छ। तपाईंले धेरै शक्ति पाउनुका साथै आफ्नो भावना बुझ्‍न मदत पाउन सक्नुहुन्छ।

मदतकारी साथीहरू र परिवारका सदस्यहरू वरपर हुन दिनुहोस् र तिनीहरूसित कुराकानी गर्नुहोस्। तपाईं एक्लै हुनुहुन्‍न। तपाईंलाई मदत आवश्यक पर्‍यो भनेर माग्‍न नहिच्किचाउनुहोस्। तपाईंले माया गर्ने र भरोसा गर्ने व्यक्तिहरूबाट मदत पाउनुहोस्।

आत्महत्या मदतकारी समूह तपाईंको इलाकामा छ भने त्यसमा सामेल हुनुहोस्। यस समूहमा हुने सबैले आफूले माया गर्ने व्यक्ति आत्महत्याका कारण गुमाएका हुन्छन्। यसरी समूहमा नियमित तवरमा भेटेर आफ्ना चिन्ता र तनावबारे कुरा गर्छन्। तिनीहरू आफै यस्ता परिस्थितिबाट गुज्रेकाले तपाईं कस्तो परिस्थिति पार गर्दै हुनुहुन्छ भनेर तिनीहरूले राम्ररी बुझ्‍न सक्छन् र तपाईंलाई मदत गर्न सक्छन्। यस्तो समूह उपलब्ध छैन भने आफैले यस्तो समूह सुरु गरे कसो होला?

उपचार गराउनुहोस् (उपलब्ध छ भने) वा स्वास्थ्यकर्मी वा धार्मिक अगुवाहरूसित कुराकानी गर्दा पनि मदतकारी हुन सक्छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020919