मेरो बच्चालाई कस्तो खोपहरू लगाउनु आवश्यक छ

From Audiopedia
Jump to: navigation, search

सबै बच्चाहरूलाई बि.सि.जि (बेसिले कालमेट्टे-गुएरिन) खोप लगाइदिनु आवश्यक छ, यसले केही प्रकारका क्षयरोग र कुष्‍ठरोगबाट सुरक्षा दिन्छ।

सबै बच्चाहरूलाई भ्यागुते रोग, टिटानस अर्थात धनुषटङ्कार र लहरेखोकी विरुद्ध डि टि पि (यसलाई डि पि टि खोप पनि भनिन्छ) खोप लगाइदिनुपर्छ। भ्यागुते रोगले नाक र घाँटीमा संक्रमण गराउँछ, यसले गम्भीर रुप लिएमा स्वास-प्रस्वासमा समस्या भएर मृत्यु समेत हुन सक्छ। टिटानसको कारण मांशपेशी कडा हुने अनि मांशपेशी बटारिएर दुख्‍नुका साथै यो प्राणघातक पनि हुन सक्छ। लहरेखोकीले गर्दा स्वासप्रस्वासको नलीमा असर गर्न सक्छ र खोकी चार देखि आठ हप्ता लामो हुन सक्छ। शिशुहरूलाई लहरे खोकी लागेमा खतरनाक हुन सक्छ।

गर्भवती महिला र शिशुले धनुषटंकार रोग बिरुद्ध  खोप लगाउनुपर्छ।

दादुराले बच्चाहरूमा कुपोषण हुने, मानसिक विकास ढिलो हुने, कान नसुन्‍ने र दृष्‍टिमा समस्या हुने भएकोले गर्दा सबै बच्चाहरूलाई दादुरा विरुद्ध खोप लगाइदिनुपर्छ। बच्चाहरूलाई दादुरा भएमा ज्वरो आउने, शरिरमा बिबिरा अर्थात डाबर आउने, यसका साथसाथै खोकी लाग्‍ने, सिंगान बगिरहने वा आँखा रातो हुने जस्ता संकेतहरू देखिन्छ। दादुराको कारण बच्चाको ज्यान जान सक्छ।

सबै बच्चाहरूलाई पोलियो विरुद्ध खोप लगाइदिनुपर्छ। पोलियोको लक्षणहरू चाहिं हातखुट्टा लुलो हुने वा चलहल गर्न नसक्ने हुने हुन्। हरेक २०० जना बच्चामा एक जना बच्चा पोलियोको संक्रमणको कारण जीवनभरि अशक्त हुन्छ।

कस्ता खोपहरू लगाउनु आवश्यक छ भनेर बस्‍ने देश र क्षेत्र अनुसार फरक हुन सक्छ। राष्‍ट्रिय निर्देशिकाअनुसार प्रबन्ध गरिएको खोपको तालिका अनुसार आफ्नो बच्चालाई खोप लगाउनु महत्त्वपूर्ण छ। सुझाव दिइएको उमेरमा बच्चाहरूलाई ठीक समयमा सही मात्रामा खोप लगाइदिनुपर्छ।



Sources