बलात्कारले गर्दा यौन अङ्गमा घाउ वा त्यो च्यातिन सक्छ। प्रायजसो यस्तो भएमा दुख्छ, तर केही समयपछि निको हुन्छ। धेरै रक्श्राव भएको छ भने च्यातिएको ठाउँ सिलाउनको लागि स्वास्थ्यकर्मीको मा जानुपर्ने हुन्छ।
घाउ सानो छ र थोरै च्यातिएको छ भने:
उमालेर हल्का चिस्याइएको तातो पानीमा तपाईंको यौन अङ्ग दिनमा ३ पटक सम्म डुबाउनुहोस्। उम्लेको पानीमा क्यामोमाइलको पात राख्दा च्यातिएको घाउलाई आराम मिल्छ र निको हुन मदत गर्छ। वा घाउमा घ्युकुमारीको जेल लगाउनुहोस्।
पोल्नबाट जोगिन, पिसाब गर्दा यौन अङ्गमा पानी हाल्नुहोस्। धेरै पानी पिउनुभयो भने पिसाब पातलो हुन्छ, जसले गर्दा पोल्ने कम हुन्छ।
संक्रमणका लक्षण छन् कि याद गर्नुहोस्: तातो हुने, घाउ भएको ठाउँमा पहेंलो तरल पदार्थ निस्किने (पस), नराम्रो गन्ध आउने र झन-झनै दुख्ने हुन्छ।
जबरजस्ती गरिएको यौन सम्बन्धले गर्दा प्राय जसो पिसाबथैली वा मृगौलामा संक्रमण हुन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.