यौन सम्बन्ध राख्‍न दबाब दिइँदा वा जबरजस्ती गरिंदा म के गर्न सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

यदि तपाईं यौन सम्बन्ध राख्‍न चाहनुहुन्‍न र तपाईको जोडी चाहीं चाहन्छन् भने त्यस्तो इच्छा देखेर खुसी लाग्यो तर म तयार छैन भनेर बताउनुहोस्। यदि तपाईंलाई तिनीसित एक्लै बस्‍न डर लाग्छ भने कसैलाई आफ्नो साथमा लानुहोस् वा कसैलाई तिनीसित कुरा गर्न लगाउनुहोस्।

यौन सम्बन्ध राख्‍न जबरजस्ती गर्छन् भने ठूलो स्वरमा 'नाइँ' भन्‍नुहोस्। यदि आवश्यक परेमा 'नाइँ' भनिरहनुहोस्। साथै आफ्नो शरीरको हाउभाउले पनि तपाईं चाहनुहुन्‍न भनेर देखाउनुहोस्। किनभने मुखले 'नाइँ' भने पनि शरीरको हाउभाउमा देखिंदैन भने तपाईं चाहनुहुन्छ भनेर तिनले सोच्‍न सक्छन्।

यदि तिनले तपाईंलाई मन नपर्ने तरिकामा छुन्छन् भने टाढा जानुहोस्। यसको मतलब केही नराम्रो हुँदै छ भनेर तपाईंको भावना अर्थात मनले चेतावनी दिंदै छ भनेर बुझ्नुहोस्। ठूलो आवाज निकाल्नुहोस् र आवश्यक परेमा भाग्‍न पनि तयार हुनुहोस्।

रक्सी वा लागू पदार्थ सेवन नगर्नुहोस्। किनभने रक्सी र लागू पदार्थले तपाईंको सोच्‍ने-बुझ्‍ने क्षमतालाई कमजोर र आफूलाई नियन्‍त्रण गर्न नसक्ने बनाइदिन्छ।

कतै जाँदा समूहमा जानुहोस्। धेरै ठाउँहरूमा जोडीहरू समूहमा भेट्ने वा घुम्‍ने जाने गर्छन्। समूहमा जाँदा पनि केटा कस्तो छ भनेर चिन्‍ने मौका पाइन्छ र तपाईंलाई यौन सम्बन्ध राख्‍न जबरजस्ती गर्ने खतरा कम हुन्छ।

अरूले तपाईंलाई देख्‍न सक्ने सुरक्षित ठाउँमा मात्र जानुहोस्।

पहिल्यै योजना बनाउनुहोस्। कतै छुँदा बढ्तै छोएको जस्तो लाग्छ भने विचार गर्नुहोस्। आफ्नो भावनाको वशमा परेर नचाहेको कुरा हुन नदिनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020815