राम्रो खानेकुरा कसरी छान्न सकिन्छ - Audiopedia
कहिलेकाहीं खानेकुरा पकाउनुअघि वा राख्नु अघि नै त्यो बिग्रिसकेको हुन्छ। त्यसैले खानेकुरा छान्दा यी कुराहरू याद गर्नुपर्छ।
ताजा खानेकुरा (काँचो) तल बताइएको जस्तो हुनुपर्छ:
- ताजा अनि मौसम अनुसारको हुनुपर्छ।
- पूरै भाग हुनुपर्छ - चोट लागेको, बिग्रेको वा किराले खाएको हुनु हुँदैन।
- सफा (फोहर हुनुहुँदैन) हुनुपर्छ।
- ताजा बास्ना आउनुपर्छ (विषेशगरि माछा, सिपी किरा अनि मासुको बास्ना कडा
हुनु हुँदैन)।
प्रशोधन गरिएका (पकाइएका वा प्याक गरिएका) खानेकुरा यसरी राख्नुपर्छ:
- टिनको भाँडो नयाँ देखिनुपर्छ (खिया लागेको, फुलेको वा केरिएको हुनुहुँदैन)
- जारको बिर्को सफा हुनुपर्छ।
- बोतल फुटेको हुनुहुँदैन।
- प्याकेट सग्लैु हुनुपर्छ, च्यातिएको हुनुहुँदैन।
माछाको गन्ध कडा छ र क्यान फुलेको छ भने उक्त खानेकुरा बिग्रिसकेको छ भनेर थाहा पाउन सकिन्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010123