राम्रो शिक्षा र तालिम प्राप्त गर्न किन मैले मेहनत गर्नुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

राम्रो शिक्षा पाएको छ भने तपाईं आफूमा गर्व महसुस गर्न सक्नुहुन्छ, पैसा अलि धेरै कमाएर, स्वस्थ र खुसी जीवन जिउन सक्नुहुन्छ। धेरै जसो किशोरीहरूको राम्रो भविष्य बनाउन शिक्षाले नै ढोका खोल्छ। यदि तपाईं स्कुल जान सक्नुहुन्‍न भने पनि पढ्न-लेख्‍न सिक्ने र अन्य क्षमताहरू विकास गर्ने तरिकाहरू छन्।

उदाहरणको लागि घरमै बसेर तपाईं पढ्न सक्नुहुन्छ, साक्षरता कक्षा जान सक्नुहुन्छ वा कुनै दक्ष व्यक्तिसित काम सिक्न सक्नुहुन्छ (तालिम लिन)। तपाईंसित नयाँ कुनै सीप छ भने आफ्नो समाजमा तपाईंले केही विशेष कुरा दिन सक्नुका साथै आफू र आफ्नो परिवारको खर्च पनि धान्‍न सक्नुहुनेछ। त्यसैले कुनै नयाँ सीप सिक्दा आफ्नो जीवनलाई कतातिर लैजाने भन्‍ने विषयमा तपाईंसित धेरै विकल्पहरू हुन्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020806