विवाहित महिलाहरूले किन आत्महत्या गर्न चाहन्छन्
From Audiopedia - Accessible Learning for All
विकासोन्मुख देशहरूमा महिलाहरूको लागि विवाह भनेको तनावको स्रोत हो। आत्महत्या गर्ने हदसम्म पुर्याउने केही कारणहरू यस्ता छन्:
सानो उमेरका बेहुलीहरू विवाहपछि श्रीमान्को घरमा बस्न जानुपर्ने हुन्छ र तिनीहरू आफ्नो साथी र बुबाआमाबाट टाढिन्छन्। परिणामस्वरूप तिनीहरूले आफ्नो परिवार र साथीहरूबाट पाइरहेको मदत गुमाउँछन्। उमेर नपुग्दै अनि नचाहँदा-नचाहँदै यौन सम्बन्ध राख्नुपर्ने हुन्छ। साथै, उमेर पुगेपछि विवाह गर्नेहरूभन्दा उमेर नपुग्दै गर्नेहरूको निर्दोषपना र जवानीपनले गर्दा तिनीहरूले आफ्नो जोडीबाट दुर्व्यवहार झेल्नुपर्ने हुन सक्छ। यी सबै समास्याले गर्दा तिनीहरूले आत्महत्या गर्ने खतरा धेरै हुन्छ।