छोरीलाई गरिने उपचार र शिक्षा सम्बन्धी विवाद भएमा मैले कसरी सुल्झाउने
Click Code to Download
आफ्नो छोरीलाई राम्रो शिक्षा दिनुपर्छ भनेर श्रीमान्लाई विश्वस्त पार्न अपनाउन सकिने केही उपाय यहाँ दिइएका छन्:
सबै बच्चाहरूलाई समान किसिमको उपचार दिने र तिनीहरूको मोल गर्ने विषयमा बुबाआमाको सधैं सकारात्मक सोच हुन्छ र व्यवहार हुन्छ। चाहे छोरा होस् वा छोरी तिनीहरूले पूरै समाजमा परिवर्तन ल्याउन सक्छन् र ल्याउनु पनि पर्छ। छोरा जत्ति कै छोरीहरू मूल्यवान भएकोले छोराको जस्तै छोरीलाई पनि विभिन्न क्षेत्रमा मौका दिइनुपर्छ।
कुनै पनि क्षेत्रमा छोराहरूभन्दा छोरीहरू कम क्षमताका छैनन्। त्यसको विपरीत स्कुल र विश्वविद्यालयमा केटाहरूभन्दा केटीहरूले राम्रो गर्न सफल भएका छन्। यसको प्रमाण चाहिन्छ भने हालैको कुनै पनि परीक्षाको नतिजा हेर्न सक्नुहुन्छ।
मानिसहरू प्रायजसो पढेलेखेको बुहारी चाहन्छन्, तर आफ्नै छोरीहरूलाई भने शिक्षा दिन पछि हट्छन्। यसो गर्नु पक्षपात हो र व्यवहारिक होइन।
परिचित एउटा भनाइ छ: "तपाईंले छोरीलाई शिक्षा दिनुभयो भने तपाईंले दुई वटा परिवारलाई शिक्षित बनाउनुहुन्छ।" यो कुरा धेरै महत्त्वपूर्ण छ, किनभने तपाईंले छोरालाई मात्र शिक्षा दिनुभयो भने एकजनालाई मात्र शिक्षित बनाउनुहुन्छ, तर छोरीलाई शिक्षा दिंदा उनलाई मात्र नभइ भविष्यको नयाँ परिवारलाई पनि शिक्षित बनाउनुहुनेछ।
शिक्षा र रोजगार एक-आपसमा सम्बन्धित छन्। शिक्षाको कमी भन्नुको मतलब निम्न स्तरको जीवन र थोरै पैसा आउने रोजगारी। त्यसैले बुबाआमाले आफ्नो छोरीको जीवनस्तर उकास्न र तिनलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन चाल्न सक्ने सबैभन्दा प्रभावकारी कदम शिक्षा दिनु हो।